Great Himalaya Trail Day-8

The Great Himalaya Trail
Tumkot- Hilsa(Humla)
19 July 2016

नाराला पासमा रमाउदै घुमन्तेहरु

बिशाल भान्जाले सेट गर्नु भएको मोबाईलको अलराम र टम्बुको प्वाँल बाट लुक्दै छिरेको सूर्यको उषाले 0730Hrs ब्युँझाए पनि 0800 Hrs टेण्टबाट निस्क्यौ । झलमल घाम लाग्दै रहेछ। भेडी गोठालेहरुको टम्बु छेउ छाउ घुँवा उड्दै रहेछ। भेडाहरु चर्दै गरेका देख्दै थियौ। कमल बुढाजीले तातो जडिबुटिको चिया ल्याई दिनु भयो। तुमकोट चिसो वतावरणमा भए पनि चिया पिउदै तुमकोटको चारै दिशाको मनोरम दृष्यमा रमाउदै थियौ । वाई वाई तयार भयो । हाम्रो सहयोगी भाई सन्तोष बुढाले बोलाउनु आए।
तुमकोट देखि हिल्सा सम्म गाडी चल्ने भएकाले। हिजो बेलुकीनै कमल बुढाले हाम्रो लागि अगाडिको सिट सुक्षित गरिदिएका थिए। 0915Hrs दर्ता र नंम्बर नभएको कवाडी ट्रिपरमा सुकेको मुढा हाल्दै गरेको देख्दै थियौ। दाउरा हिल्साका लागि। 5450 रुपैया बिल तिर्यौ। हिल्सा र चाईनाको ताक्लाकोट जाने स्थानिय चढे गाडीमा।बर्दियाका चौधरी ड्राईभर भाईले गाडी गुडाउन थाले। करिव १०मिनेट गुडे पछि  उकालो घुम्तिमा तान्न छोड्यो। ब्याट्री सर्ट भएर आगो बल्न थाल्यो। सबै हाम फाल्यौ। ओथ नलागेको भए सधै का लागि गुडनाईट हुने थियौ । मैले माटो ले हिर्काउदै गर्दा सुरा ड्राईभर भाईले हातैले समात्दै जल्दै  गरेको तारहरु निभाए। भोटे भन्दै मालिकलाई  हल्का थर्काए थारु भाईले। मुढा धेरै हाल्छ लोभ गर्छ लोभले लंका जलाउछ गनगनिए। आफै बना। यात्रु पैसा नतिरि हिडे। हामी भने बन्लाकी भन्दै २ घण्टा सम्म बस्यौ। घाम  लागेको थियो।
गाडी नबेपछि चरक्क लागेको घाममा उकालो बाटोमा खुईयाँ गर्दै हिड्यौ। एक घण्टा लाग्यो उकालो उक्लिन । वाटर बोटलमा पानी नबोकेका भए सायद हामी प्याँसले सुईकिन्थ्यौ पनि होला । बाटो तेर्स्रो भएकाले भोक लागे पनि हिड्न सकिरहेका थियौ। सैपाल हिमालको चुली र अन्य नाङ्गा पहाडलाई भुईकुहिरोले ढम्म ढाक्दै ओरालो झर्दै गरेको देखिन्थ्यो। थाकेर लम्फु भएकाले यारी पुग्ने गन्तब्यलाई अव पालङबाङ भन्दा नहिड्ने योजना बनायौ। २घर बस्ति भएको पालबाङमा ‍लखतरान सेन्टी फ्याल्ट भएर पुग्यौ। खाना नपाक्ने भने पछि उहि वाई वाई बनाउन् लगायौ। भोटे चिया पिउदै । यारी पुग्न कति लाग्छ। साहुनीलाई सोध्यौ। लामा लवजमा धेरैमा २ घण्टा नत्र एक घ‌ण्टा आधा पुग्ने बताए। योजना परिवर्तन भयो । अब यारी पुग्ने। वाई वाईले पेट थामिए पछि 1300 रुपैया तिर लाग्यौ यारी तिर। हिल्सा सिमिकोट दुई लेनको फराकिलो सडक को ट्रयाक मा गफिदै चिसो वतावरणमा नाङ्गा धरातलिय बनौटमा रमाउदै साढे एक घण्टामा यारी पुग्यौ।
यारी बजार रमाईलो रहेछ। चिसो स्वच्छ वतावरण थियो।पुलिस चेक पोष्ट रहेछ। यात्रुको पर्खाईमा बसेको ड्राभरले हामी आउदै गरेको  थाहा पाएकाले हिल्सा जाने ट्रिपर पर्खेका रहेछ । भोटे चिया पियौ।  वरपरी घुम्यौ फोटो खिच्यौ। ल भाईहरु जानु पर्छ भने लामा ड्राईभर दाईले । उहाँ यारी निवासी भए पनि पुर्वको केटि बिवाह गरि काठमाण्डु बस्ने गर्दा रहेछ। सिजनमा तुमकोट हिल्सा आफ्नै गाडी कुदाउनु हुँदो रहेछ। चाईनाको ताक्ला कोटमा धुप बेच्नका लागि शेर्पेनी सोल्टिनीहरुले टन्नै गाडीमा बोराको बोरा लोड गर्दै थिए। लु भयो धेरै नहाल गाडीले तान्दैन बाटो राम्रो छैन भन्दा जब्बर जस्ति हाल्दै  थिए । डाईभरले निकाल्दिने गर्थे। गाडी स्टार्ट गर्दा हालिहाल्थे।  करिव १० मिनेट हल्का रतौली जस्तै भयो गाँठे। पुरै टिबेटिन भाषामा वाक्क युद्ध हुँदै थियो।
नाङ्गो पाखा भए पनि लोभलाग्ने दृष्य नियाल्दै 4543 मिटरको नाराला पासमा दश मिनेट बस्यौ । हुँस्सु लागेको थियो। पास फराकिलो रहेछ। पास पछि बाटो पुरै ओरालो रहेछ। शेर्पेनी सोल्टेनीहरु टिवेटिन गीत गाउदै पाखा धर्काउदै थिए।  चकमन्न रात थियो।  2030Hrs हिल्सा पुग्यौ। धुप झार्दै थिए। भाडामा छुट माग्दै थिए । हामी हेरिरहेका थियौ। १० जना जतिले भाडा नतिर अध्यारोमा टाप कसेको कुरा ड्राईभर दाईले बताए।  उहा बस्ने होटलमा लगे हामीलाई। थाकेकाले सुत्ने बित्किकै भुसुक्क गएछौ।
तुमकोटको पाखामा बाट कर्णाली नदी मुचु र तुमकोट
भान्जा बिशाल तुमकोटको पाखामा
यारी बजारको स्वरुप